images
images
images

दार्चुला पावर लिमिटेडले साधारण शेयर जारी गर्ने, इश्यु व्यवस्थापकमा मुक्तिनाथ क्यापिटल

images

पूर्वाधार वाच, काठमाडौं ।

दार्चुला पावर लिमिटेडले आफ्नो जारी पुँजीको २० प्रतिशत साधारण शेयर सर्वसाधारणका लागि जारी गर्ने भएको छ। कम्पनीले यसको धितोपत्र जारी व्यवस्थापकका रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

यस सम्बन्धी सम्झौतामा दार्चुला पावर लिमिटेडका अध्यक्ष सतीश न्यौपाने र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार कम्पनीले ३० लाख कित्ता साधारण शेयर प्रतिकित्ता रु १०० अंकित मूल्यमा जारी गर्नेछ। जसको कुल मूल्य रु ३० करोड हुने बताइएको छ।

दार्चुला पावर लिमिटेड जलविद्युत परियोजनाको निर्माण तथा सञ्चालनका लागि स्थापना गरिएको कम्पनी हो। कम्पनीले सुदूरपश्चिम प्रदेश, दार्चुला जिल्लाको मार्मा गाउँपालिकास्थित चमेलिया खोलामा २८.३०४ मेगावाट क्षमताको मद्य चमेलिया जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

कम्पनीका अनुसार रन–अफ–द–रिभर प्रकारको सो आयोजना डेढ वर्षभित्र निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्य राखिएको छ।

यस परियोजनाका मुख्य प्रवर्द्धक तथा लगानीकर्ता अपी पावर कम्पनी लिमिटेड रहँदै आएको छ। ऊर्जा क्षेत्रमा स्थापित कम्पनीका रूपमा अपी पावरले परियोजनाको मुख्य शेयर स्वामित्व लिने तथा आवश्यक स्व–पूँजी लगानी गर्ने बताइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्