पूर्वाधार वाच, काठमाडौं ।
सिंहदरबार बाहिर रहेको स्वास्थ्य मन्त्रालयले आफ्नो दैनिक काम नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट गर्ने तयारी गरेको छ ।आइ तबार सबै कर्मचारीलाई उपस्थित गराई काम सुरु गर्न लागेको स्वास्थ्य मन्त्रलयका सचिव डा.विकास देवकोटाले जानकारी दिए ।
नेपाल न्यूज बैकंसँगको कुराकानीमा सचिव डा.देवकोटाले आन्दोलनपछिको क्षतिग्रस्त भवनलाई पहिला सरसफाई गरिने साथै मन्त्रालयमा सुरक्षित रहेका कागजात एवम सामानहरु पनि संकलन गरिने बताए ।
उनले भने,‘आइतबार र सोमबार सरसफाई गर्ने योजनामा छौं । नियमित काम भने हाल मन्त्रालय भवन रहेको पछाडिपट्टी रहेको स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट गर्ने कि भन्नेमा छौं । त्यहाँ दुईवटा भवनहरु छन्, जसमध्ये नयाँ भवन सन्चालनमा आएको छैन । पुरानो भवनमा केही कोठाहरु लिएर काम सुरु तयारीमा छौं ।’
त्यस्तै उनले तत्काल आवश्यक पर्ने काजजात वा डाटाहरु कर्मचारीहरुको इमेल वा हार्डडिस्क साथै कम्युटरबाट प्रिन्ट गरेर सुरु गर्ने पनि जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्