images
images
images

अरुण काबेली पावर लिमिटेडको १५औं वार्षिक साधारण सभा सम्पन्न, ऊर्जा आपूर्तिमा निरन्तर योगदान

images

पूर्वाधार वाच, काठमाडौं ।

अरुण खोला जलविद्युत् विकास कम्पनी लिमिटेडको सहायक कम्पनी अरुण काबेली पावर लिमिटेडले आफ्नो १५औं वार्षिक साधारण सभा (एजीएम) सम्पन्न गरेको छ। सभामा कम्पनीको वार्षिक प्रगति, वित्तीय विवरण र आगामी योजनाबारे जानकारी गराइएको छ।

कम्पनीले पूर्वी नेपालको पाँचथर र ताप्लेजुङमा अवस्थित २५ मेगावाट क्षमताको काबेली बी–१ जलविद्युत् आयोजना निर्माण गरी वि.सं. २०७६ असोज १६ देखि व्यावसायिक उत्पादनमा ल्याएको हो।

रन–अफ–रिभर प्रकारको आयोजनाबाट उत्पादित विद्युत् १३२ के.भी. प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको आमारपुर सबस्टेशनमा पठाइन्छ र पूर्वी क्षेत्रमा उपभोग भइरहेको छ।

वि।सं। २०६७ पुस २३ मा विशेष प्रयोजन कम्पनीको रूपमा स्थापना भएको अरुण काबेली पावरले २०१२ मा एनईएसँग ग्रिड जडान सम्झौता र विद्युत् खरिद सम्झौता गरेको थियो। सम्झौता अनुसार वर्षायाममा प्रतिकिलोवाट घण्टा ४ रुपैयाँ ८० पैसा र सुख्खा मौसममा ८ रुपैयाँ ४० पैसामा विद्युत् बिक्री गर्दै आएको छ।

कम्पनीले यसअघि पिलुवाखोला (३ मेगावाट) र रिडी जलविद्युत् आयोजना (२,४०० किलोवाट) सफलतापूर्वक सञ्चालन गरिसकेको अनुभव राखेको छ। कम्पनीको मोडेलले साना लगानीकर्तासम्मलाई सहभागी गराएर स्थानीय स्वामित्व र वित्तीय दिगोपनामा टेवा पुगेको सभामा जानकारी दिइएकाे थियाे।

१५ वर्षभन्दा बढी अनुभव र नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा सूचीकृत अवस्थासहित कम्पनीले स्वच्छ ऊर्जा क्षेत्रमा आफ्नो सुदृढ उपस्थिति कायम गरेको एजीएममा प्रबन्ध सञ्चालकले बताए। उनका अनुसार काबेली बी–१ आयोजना सन्तोषजनक रूपमा सञ्चालन भइरहेको छ र यसले मुलुकको ऊर्जा आपूर्तिमा महत्वपूर्ण योगदान दिइरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्