images
images
images

बालकोट बचत तथा ऋण सहकारी संस्थाको २४औँ वार्षिक साधारणसभा सम्पन्न

images

पूर्वाधार वाच, भक्तपुर ।

बालकोट बचत तथा ऋण सहकारी संस्थाको २४औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ।

सभा मध्यपुरथिमि नगरपालिकाको कौशलटारस्थित व्हाइट पार्टी प्यालेसमा आयोजना गरिएको थियो।

सभामा अध्यक्ष एवम् सभापति निरोज कुमार कार्कीले सहकारीले पुँजी, श्रम र सीपलाई एकीकृत गर्दै मुलुकको गरिबी न्यूनीकरण तथा समग्र आर्थिक–सामाजिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताए।

उनले बालकोट सहकारी सधैँ आफ्ना बचतकर्ताहरूको हितका लागि समर्पित भएर काम गर्ने प्रतिबद्धता दोहोर्‍याए। सचिव निर्मला बरालले संस्थाको प्रतिवेदन प्रस्तुत गर्दै छरिएका पुँजीलाई एकत्रित गरी सदस्यहरूलाई उत्पादनशील तथा व्यावसायिक बन्न सहयोग गर्दै आएको जानकारी दिइन्।

सभामा संस्थाको वार्षिक प्रतिवेदन, लेखा समितिको प्रतिवेदन प्रस्तुत गरिनुका साथै सहकारीले प्रदान गर्दै आएका सेवा–सुविधा र वार्षिक गतिविधिबारे विस्तृत छलफल र समीक्षा गरिएको थियो।

अध्यक्ष निरोज कुमार कार्कीको अध्यक्षतामा सम्पन्न सभामा विभिन्न सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, बचतकर्ता र सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहकारीले आगामी दिनमा सदस्यहरूको बचत सुरक्षित राख्दै संस्थालाई अझ उत्कृष्ट बनाउन सबैको साथ र रचनात्मक सल्लाह–सुझावको अपेक्षा गरेको जनाएको छ।

साधारण सभाले नयाँ कार्यसतिति चयन गरेको छ । जसमा अध्यक्षमा जयराज पौडेल चयन भएका छन् ।कोषाध्यक्षमा विजयप्रकाश मिश्र चयन भएका छन् भने सदस्यमा चन्द्रकृष्ण श्रेष्ठ चयन भयका छन् ।लेखा सुपरिबेक्षण सदस्यमा डेभिड श्रेष्ठ चयन भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्