पूर्वाधार वाच,चितवन ।
पहिरो खसेर ४२ घण्टापछि सञ्चालनमा आएको मुग्लिन–नारायणगढ सडकखण्डमा आज राति सवारी पनि सवारी नचल्ने भएका छन् । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइन खोलानजिक खसेको पहिरो पन्छाएपछि खतरा नटरेको भन्दै रातिमा सवारी प्रवेश रोक्न लागिएको हो ।
अहिले पनि तुइन खोला नजिक हल्का पहिरो खस्ने नरोकिएकाले जनधनको क्षति हुन नदिन राति ९ बजेदेखि बिहान ५ बजेसम्म यातायात रोक्ने निर्णय भएको जिल्ला सुरक्षा समिति चितवनले जानकारी दिएको छ ।
तुइन खोलामा भीर नै सडकमा खसेपछि राजमार्गमा सवारी आवागमन ठप्प भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्