images
images
images

सिंहदरबार पुनःनिर्माणमा बागलुङ कलाकार समाजको हातेमालो

images

पूार्वधार वाच, गण्डकी ।

‘जेनजी’ आन्दोलनका क्रममा आगजनीमा परेको मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार पुनःनिर्माणका लागि बागलुङ कलाकार समाज, नेपालले आर्थिक सहयोग अभियान सुरु गरेको छ । समाजले यही असोज ६ गते काठमाडौंमा आयोजना गरेको दसैँ, तिहार, छठलगायत पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उक्त अभियानको घोषणा गरिएको हो ।

पुनःनिर्माण कोषमा संस्थाकोतर्फबाट रु ५० हजार राखेर अभियान सुरुआत गरिएको समाजका अध्यक्ष लोकगायक वसन्त थापाले बताए ।

‘अहिलेसम्म झण्डै रु डेढ लाख सङ्कलन भइसकेको छ’, उनले भने, ‘धेरै रकम सहयोग गर्न नसके पनि देशलाई अप्ठ्यारो परेका बेला सन्देश दिन खोजिएको हो ।’

तिहारसम्म अभियान सञ्चालन हुने र त्यसपछि सरकारको कोषमा रकम जम्मा गरिने अध्यक्ष थापाले बताए । सुरुमा समाजकातर्फबाट मात्र केही रकम दिने भनिएकामा पछि देशविदेशमा रहेका कलाकारलगायत अन्य शुभेच्छुकले सहयोगको इच्छा देखाएपछि अभियान अगाडि बढाइएको हो ।

अध्यक्ष थापाले सरकारले सुरु गरेको पुनःनिर्माण कार्यमा सहयोगको भावना जागृत गराई अरु सङ्घसंस्थालाई पनि त्यसतर्फ प्रेरित गर्न सन्देशमूलक ढङ्गले यो अभियान सुरु गरिएको बताए ।

सरकारले केही दिनअघि ‘जेनजी’ आन्दोलनका क्रममा क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनःनिर्माण, मर्मत, आर्थिक पुनरुत्थान र राहत कार्यमा लागि भौतिक पूर्वाधार पुनःनिर्माण कोषमा योगदान गर्न सबैमा आह्वान गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्