images
images
images

जोखिममा रहेको कुलुङ पुल निर्माण गर्न निर्माण सामग्री जुट्दै

images

पूर्वाधार वाच, रसुवा ।

वर्षाका कारण जोखिममा रहेको कुलुङ खोलाको पुल पुनः मर्मतका लागि निर्माण सामग्री जुटाउने काम अगाडि बढेको छ ।

गल्छी, त्रिशूली, मैलुङ, रसुवागढी सडक सुधार आयोजनाका आयोजना प्रमुख कृष्णनाथ ओझाका अनुसार स्याफ्रुबेँसी–रसुवागढी–केरुङ अन्तरराट्रिय राजमार्गअन्तर्गत कुलुङ खोलामा अवस्थित पक्की पुलको उत्तरतर्फको भुइँ सतहमा पानीले जोखिम बगाएको थियो ।

पुलको जगलाई सिमेन्टको कङ्क्रिटबाट अड्याउन निर्माण सामग्री सङ्कलन भइरहेको र प्रथम चरणमा तीन ट्रक गिट्टी ढुवानी भइसकेको छ ।

वर्षायाममा बढेको ठाडो खोलाको भलबाढीले असर पुर्याएका कारण विपद् व्यवस्थापनअन्तर्गत निर्माणकर्ताको छनोट गर्ने काम सम्पन्न भइसकेका कारण बडादसैँ सकिनासाथ कङ्क्रिट गराउने काम सुरु हुने र रसुवागढीको मितेरी पुल सम्पन्न हुँदासाथ मालवाहक सवारीसाधन ओहोरदोहोरमा सहज हुने प्रमुख ओझाले बताए ।

गोसाइँकुण्ड गाउँपालिका–३ कुलुङ भन्ने स्थानको उक्त ठाडो खोलाको पुल जोखिम भएका कारण नियमित रूपमा चल्ने हल्का सवारीसाधनबाहेक जोखिम न्यूनीकरणका लागि ठूला तथा मालवाहक सवारीसाधन आवतजावतमा रोक लगाइएको रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्