images
images
images

धोबहा खोलाको पुल निर्माण ठेक्का रद्ध, ठेकेदारलाई कालोसूचीमा राख्न सिफारिस

images

पूर्वाधार वाच, काठमाडौं ।

सडक विभाग, पुल महाशाखा नेपालगञ्जले नवलपरासीको धोबहा खोलाको पुल निर्माण परियोजनामा कार्य सम्पादनमा गम्भीर लापरबाही गरेको भन्दै ठेकेदार कम्पनीलाई ठेक्का सम्झौतामा गम्भीर उल्लंघन गरेको ठहर गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत पुल सेक्टरले शुक्रबार यस सम्बन्धमा १५ दिने सार्वजनिक सूचना जारी गरेको हो । सुचना अनुसार, गौरी पार्वती निर्माण सेवा प्रालि, कालंकी–१४, काठमाडौं ले सम्झौता अनुसार समयमै काम सम्पन्न नगरेको र निर्माण कार्यमा प्रगति नदेखिएको भन्दै सो कम्पनीलाई खरिद सम्झौता अन्य कम्पनीसँग गर्न रोक लगाउने प्रक्रिया सुरु गरिएको हो ।

सूचनामा भनिएको छ, ‘निर्माण व्यवसायीले ठेक्का सम्झौताअनुसार कार्य समयमा पूरा नगरेको, बारम्बार चेतावनी दिए पनि प्रगति नदेखिएको र कार्यसम्पादनमा निरन्तर ढिलाइ गरेको पाइएकाले ठेक्का सम्झौतामा उल्लंघन भएको ठहर गरिएको छ ।’

पुल सेक्टर नेपालगञ्जले उक्त कम्पनीविरुद्ध कानुन बमोजिम कारबाही अघि बढाएको जनाएको छ । साथै, सार्वजनिक खरिद ऐन २०६३ को दफा ६८(१)(क)(ख) र (ग) अनुसार आवश्यक कारबाहीका लागि सिफारिस गर्ने तयारी गरिएको सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्