images
images
images

खोङटाङ–खावा भञ्याङ सडक स्तरोन्नति

images

पूर्वाधार वाच, भोजपुर ।

यहाँको टेम्केमैयुङ गाउँपालिकाको खोङटाङ–हुँगे–चोलन्ती हुँदै खावा भञ्याङ जोड्ने ग्रामीण सडक स्तरोन्नति गरिएको छ ।

पहिले सवारीसाधन गुडाउन मुस्किल हुने उक्त सडक हाल ‘ग्राभेल’ भई नाली र पर्खाल निर्माण भएसँगै सर्वसाधारणका लागि आवतजावत गर्न सहज बनेको छ । वर्षायाममा हिलो र हिउँदमा धुलो हुने यो सडक सुधार भएपछि गाउँलेको दैनिकी, आर्थिक गतिविधि र सेवासुविधा पहुँचमा सहज भएको हो ।

सडक सुधारसँगै किसानहरूको उत्पादन बजारसम्म पु-याउन, विद्यार्थीहरूलाई विद्यालय पुग्न र बिरामीहरूलाई स्वास्थ्य संस्थासम्म जान सजिलो भएको छ । खोङटाङदेखि खावा भञ्याङसम्म करिब नौ किलोमिटर सडक तीन करोड ५० लाख रुपैयाँमा स्तरोन्नति गरिएको हो ।

गाउँपालिकाको पहलमा सङ्घीय सरकारको बजेटमा स्तरोन्नति गरिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए । यो सडक पश्चिमी गाउँपालिकाका बासिन्दालाई भोजपुर सदरमुकामसम्म जोड्ने प्रमुख मार्ग हो ।

सडक स्तरोन्नतिपछि स्थानीयवासीको दैनिकीमै परिवर्तन आएको स्थानीय रमेश विष्टले बताए । ‘पहिले बिरामी, असक्त र ज्येष्ठ नागरिकलाई हिँड्नसमेत गाह्रो पथ्र्यो”, उहाँले भन्नुभयो, “अहिले गाडी सजिलै गुड्ने भएकाले ठूलो राहत भएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्