images
images
images

सडक ट्रयाक खुलेको १२ वर्षपछि यातायात सञ्चालनमा

images

फाइल तस्बिर

पूर्वाधार वाच, म्याग्दी ।

रघुगङ्गा गाउँपालिका–३ राहुघाटदेखि पालिकाको केन्द्र मौवाफाँट जोड्ने छोटो दुरिको सडक ट्रयाक (मार्ग) खुलेको १२ वर्षपछि यातायात सञ्चालनमा आएको छ ।भारत र चीनलाई जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत राहुघाट देखि गाउँपालिकाको केन्द्र मौवाफाँट जोड्ने यो सडकको विसं २०७० मा मार्ग खुलेको थियो ।

गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले राहुघाट–मौवाफाँट सडक मर्मत र स्तरोन्नती गरेपछि हलुका सवारी साधन सञ्चालन हुन थालेका बताए ।

‘झण्डै १२ वर्षअघि ट्रयाक खुले पनि मर्मत र स्तरोन्नतीको अभावमा यो सडक प्रयोगमा आउन सकेको थिएन’, उनले भने, ‘तीन दशमलब पाँच किलोमिटर दुरीको यो सडकमा जिप, ट्याक्टर र मोटरसाइकल चल्न थालेका छन् ।’

हाल प्रयोग भइरहेको घुमाउनेताल–पिप्ले–मौवाफाँटको वैकल्पिक यो सडक आधाभन्दा बढी छोटो दुरिको छ । करिब ३० मिनेटको यात्रा अवधि १० मिनेटमा छोटिएको छ । यो सडकले रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटका साथै ४, ७ र ८ नम्बर वडाका बस्तीहरुलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्छ ।

सहरी विकास मन्त्रालयको स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय पोखराले आर्थिक वर्ष २०८१/८२ मा रु ४० लाखको लागतमा राहुघाटदेखि दशमुरे मौवाफाँट जोड्ने यो सडकमा मर्मत गरेको हो ।

श्रमजिवी निर्माण सेवाले ठेक्का लिएको यो सडक मार्फत विभिन्न ठाउँमा ग्याबिन जाली र मेसिनरी पर्खाल बनाएर फराकिलो पार्नुका साथै अप्ठ्यारो ठाउँमा ढलान भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्