फाइल तस्बिर
पूर्वाधार वाच, कञ्चनपुर ।
शुक्लाफाँटा नगरपालिका–१२ भएर बग्ने वनहरा नदीमा धमाधम पक्की पुल निर्माण भइरहेको छ ।
दुवाहा–दमलपट्टी–चित्रपुर जोड्ने पुल रु २५ करोड ९६ लाख ३८ हजार ३४० को लागतमा निर्माणाधीन छ ।
हालसम्म ९० प्रतिशत निर्माण पूरा भएको महाकाली पुल आयोजनाका इन्जिनियर सन्तोष चन्दले बताए ।
पुल निर्माणसँगै नदी नियन्त्रणका सिलसिलामा पुल वरपर तटबन्धको काम पनि जारी छ ।
‘नदी नियन्त्रणको आधा काम सकिएको छ र बाँकी आधा काम पनि तीव्र गतिमा भइरहेको छ’, इन्जिनियर चन्दले भने । आगामी मङ्सिरभित्र काम पूरा गर्ने लक्ष्य उनले सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्