images
images
images

बिपी राजमार्गमा खसेकाे पहिरो हटाउन सुरु, आजै सडक खुलाउने तयारी

images

पूर्वाधार वाच, रामेछाप ।

वर्षाको कारण आएको पहिरो र लेदोले अवरुद्ध बिपी राजमार्ग सफा गर्ने काम सुरु भएको छ । शनिबार बेलुका देखिनै वर्षाले बिगारेको काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्मको सडक खण्ड सफा गर्न लागिएको सडक डिभिजन कार्यालय काभ्रेका सुपरभाइजर चन्द्र लामाले जानकारी दिए ।

मौसम खुलेकाले आज पनि बिहानदेखि नै सडक सफा गर्ने काम सुरु भएको उनले बताए । अहिले बिपी राजमार्ग चारसय बेसिकोको पहिरो पन्छाउने काम भइरहेको छ । यसै गरी पिप्ले माथि पनि सडक सफा हुँदै गर्ने काम सुरु भएको छ । मौसमले साथ दिए आज दिउँसोसम्म सडक सफा भएर यातायात सञ्चालन हुने सडक डिभिजन कार्यालयले जनाएको छ ।

बिपी राजमार्ग माथि काभ्रेको रोशी गाउँपालिका स्थित चारसय बेँसीको नाङ्गशाल रोडा ढुङ्गा उद्योगको खानी क्षेत्रबाट झरेको सुख्खा पहिराले राजमार्ग अवरुद्ध गरेको छ । त्यसका साथै अन्य विभिन्न ठाउँमा पनि पहिरो गएको छ ।

बिपी राजमार्ग छेउमा सञ्चालन गरिएका ढुङ्गा र क्रसर उद्योगहरूले राजमार्गमा क्षति पुर्‍याउँदै आएको छ । सडक अवरुद्ध हुँदा केही सवारीसाधन नेपालथोकमा रोकिएका छन् भने केही वैकल्पिक बाटो प्रयोग गरी काठमाडौं गएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्