images
images
images

बीपी राजमार्गमा यातायात सुचारू

images

पूर्वाधार वाच, काठमाडौं ।

वर्षाको कारण अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा आएको छ । शनिबार बेलुका देखिनै वर्षाले बिगारेको काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्मको सडक खण्ड सफा गरेपछि यातायात सञ्चालनमा आएको सडक डिभिजन कार्यालय काभ्रेले जनाएको छ ।

बिपी राजमार्ग माथि काभ्रेको रोशी गाउँपालिका स्थित चारसय बेँसीको नाङ्गशाल रोडा ढुङ्गा उद्योगको खानी क्षेत्रबाट झरेको सुख्खा पहिराले राजमार्ग अवरुद्ध गरेको थियो । त्यसका साथै अन्य विभिन्न ठाउँमा पनि पहिरो गएको छ ।

बिपी राजमार्ग छेउमा सञ्चालन गरिएका ढुङ्गा र क्रसर उद्योगहरूले राजमार्गमा क्षति पुर्‍याउँदै आएको छ । यसअघि सडक अवरुद्ध हुँदा केही सवारी साधन नेपालथोकमा रोकिएका थिए भने केही वैकल्पिक बाटो प्रयोग गरी काठमाडौं गएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्