images
images
images

माबिलुङ् इनर्जीकाे शेयर कारोबार अब दोस्रो बजारमा

images

पूर्वाधार वाच, काठमाडौं ।

माबिलुङ् इनर्जी लिमिटेडको शेयर कात्तिक १८ गतेदेखि धितोपत्र दोस्रो बजारमा कारोबारमा आएको छ । कम्पनीले कात्तिक १७ गते संस्थापकतर्फ १९ लाख ६७ हजार ७१० कित्ता र सर्वसाधारणतर्फ १८ लाख ९० हजार ५३० कित्ता गरी कुल ३८ लाख ५८ हजार २४० कित्ता शेयर दोस्रो बजारमा सूचीकृत गराएको थियो ।

कम्पनीको पहिलो शेयर कारोबारका लागि नेप्सेले न्यूनतम प्रतिकित्ता १०५ रुपैयाँ ९० पैसादेखि अधिकतम प्रतिकित्ता ३१७ रुपैयाँ ७० पैसासम्म मूल्य रेंज तोकेको थियो ।

मंगलबार स्पेशल प्रि–ओपनिङ सेसनमा नेप्सेले तोकेको अधिकतम मूल्य ३१७ रुपैयाँ ७० पैसामा कम्पनीको ३० कित्ता शेयर कारोबार भएको छ ।

एमएबिइएल स्टक संकेतबाट शेयर कारोबार सुरु भएको हो । माबिलुङ्ग इनर्जी लिमिटेडले संखुवासभा जिल्लामा ४.९५ मेगावाट क्षमताको माथिल्लो पिलुवाखोला ३ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

कम्पनीका अनुसार यस आयोजनाको कुल अनुमानित लागत १ अर्ब १३ करोड ६० लाख रुपैयाँ रहेको छ र हाल आयोजनाको ९७ प्रतिशत काम सम्पन्न भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्