images
images
images

पञ्चेश्वरदेखि सदरमुकामको दूरी छोटियो

images

पूर्वाधार वाच, बैतडी ।

महाकाली करिडोरको ‘ट्र्याक’ खुलेसँगै बैतडीको पञ्चेश्वर गाउँपालिकाबाट जिल्ला सदरमुकामको दूरी छोट्याएको छ । करिडोरअन्तर्गत पञ्चेश्वरको अर्तोली भन्ने स्थानमा रहेको कडा चट्टानका कारण समस्या भएको थियो ।

उक्त कडा चट्टानका कारण सडक निर्माणमा समस्या रहेकामा हाल समस्या समाधान भएको पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए । उनले भने, “करिडोरअन्तर्गत अर्तोलीको कडा चट्टान काटिएसँगै सदरमुकाम आवतजावतको दूरी छोटिएको छ । यसअघि आठ घण्टा लाग्ने गरेकामा अबदेखि दुई घण्टामै सदरमुकाम पुग्न सकिन्छ ।”

उक्त चट्टान काटिएसँगै वडा नं ५ गिरेगडा र वडा नं ६ रोडिदेवल पालिका केन्द्र कुँलाउसँग जोडिएको छ । ट्र्याक खुलेसँगै वडा नं ५ र ६ पनि गाउँपालिकाको केन्द्रसँग सडक जोडिएको छ ।

सडक निर्माण नहुँदासम्म गाउँपालिका–५ र ६ का बासिन्दालाई गाउँपालिकाको केन्द्र पुग्न समस्या थियो । सडक निर्माण भएपछि अब स्थानीयलाई पालिकामा पुग्न सहज भएको अध्यक्ष चन्दले बताए ।

अध्यक्ष चन्दले भने, “सडक जोडिएसँगै वडा नं ५ र ६ का बासिन्दालाई गाउँपालिकाको केन्द्रसम्म पुग्न सहज भएको छ । योसँगै सबै वडा पालिकाका केन्द्रसम्म जोडिएका छन् । पालिका पुग्न पनि घण्टौँ हिँड्ने नागरिक अब गाडीमा छिटो पालिका पुग्नेछन् ।”

गाउँपालिकाका हरेक वडाबाट पालिकाको केन्द्रसम्म पुग्ने कच्ची सडकहरु निर्माण भएका हुन् । महाकाली करिडोर कञ्चनपुर–डडेल्धुरा–बैतडी हुँदै दार्चुलासम्म पर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्