images
images
images

मार्तडी–थामलेक सडकखण्डको भौनेरामा निर्माणाधीन पुल ४० प्रतिशत प्रगति

images

पूर्वाधार वाच, बाजुरा ।

बाजुराको मार्तडी–थामलेख सडकखण्डको बडीमलिका नगरपालिका–२ स्थित भौनेरा खोलामा निर्माणाधीन पक्की पुलको करिब साढे २ बर्षमा ४० प्रतिशत भौतिक प्रगति भएको छ ।

८० मिटर लामो उक्त पुल निर्माणको लागी २०८२ साल असार १५ गते निर्माण कार्य सम्पन्न गर्नेगरी ०८० जेठ ३० गते एम.के.विल्डर्स एण्ड कन्ट्रक्सन कम्पनी प्रालीसंग झण्डै १० करोड १० लाख ३५ हजार ७३ रुपैयाँ ९९ पैसामा सम्झौता भएको थियो ।

निर्माण सम्झौता भएको करिब साढे दुई बर्षमा तीन पिलर निर्माण गरिएका छन् । पुल निर्माण सम्पन्न गरिसक्नुपर्ने समयअवधि समाप्त भइसके पनि निर्माण कार्य भने सम्पन्न हुन सकेको छैन् । चाँडो पुल निर्माण भएको खण्डमा सवारी साधन सञ्चालनका लागि सहज हुने स्थानीयवासीको भनाइ छ ।

बर्षातको समयमा सामान ढुवानी र खोलामा अत्याधिक पानीको वहावले गर्दा काममा ढिलासुस्ती भएको तर यो असार मसान्तभित्र पुल निर्माण कार्य सम्पन्न गरिसक्ने ठेकेदार चक्र शाहले बताए ।

उनका अनुसार, पुल निर्माण कार्य सम्पन्न गर्न अहिले धमाधम निर्माण कार्य भइरहेको जानकारी दिए । भौनेरामा पक्की पुल निर्माण भएसँगै बडीमालिका १, खप्तड छेडेदह र छिमेकी जिल्ला बझाङलगायतका जिल्लामा यातायातका साधनको आउजाउमा सहज हुने स्थानीय गोपाल रावतले बताए ।

पुल निर्माण कार्य जतिसक्दो चाँडो बनेको खण्डमा ठुलो राहत मिल्ने रावतको भनाइ छ । ठेकेदार कम्पनीले सम्झौता गरे अनुसारको समय समाभित्र काम सम्पन्न नगरेकाले अहिले म्याद थपेर काम सुचारु गरिएको छ । अहिले लगभग तिनै तिरका पील्लरको काम सकेर अन्य काम सूचारु गर्न थालिएको छ ।

आगामी असार मसान्तभित्र सम्पूर्ण निर्माण कार्य सक्नेगरि अहिले धमाधम निर्माण कार्य भइरहेको भौतिक पूर्वाधार सडक डिभिडन कार्यालय साँफेबगर अछामले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्