images
images
images

मेलम्चीको मुहान क्षेत्र जाने सडक स्तरोन्नति हुँदै, तीन प्याकेजमा विभाजन गरी टेण्डर खुलाइयो

images

पूर्वाधार वाच, काठमाडौं । 

मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र (हेडवर्क्स) जाने सडक स्तरोन्नति गर्न बुधबार टेण्डर आह्वान गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङको उपस्थितिमा मंगलबार खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजनाका सरोकार समितिहरुबीच भएको समझदारी कार्यान्वयनका क्रममा सडक डिभिजन कार्यालय, चरिकोटले बुधबार सडक स्तरोन्नति गर्न टेण्डर आह्वान गरेको छ ।

मेलम्ची-अम्बाथान-मेलम्चीघ्याङ सडक खण्डको १७ किलोमिटर स्तरोन्नति गर्न तीन वटा प्याकेजमा विभाजन गरी टेण्डर गरिएको हो ।

सडक निर्माण लगायतका विभिन्न समझदारी भएपछि गत २० कात्तिकदेखि मेलम्ची खाेलाको पानी  सुरुङमार्फत काठमाडौं उपत्यकामा ल्याउने दिन स्थानीय सहमत भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्