पूर्वाधार वाच,काठमाडौं ।
संस्थाका अध्यक्ष मुकुन्दराज खनालको अध्यक्षता तथा एयरर्पोर्ट ईञ्जिनियर प्रचण्डमान मल्लको प्रमुख आतिथ्य र व्यवस्थापन विज्ञ प्रा.डा. अरहन स्थापितको विशेष आतिथ्यमा सम्पन्न भयो । २०८२ कार्तिक २२ गते काठमाडौंको डिल्लीबजारस्थित नेपाल सांस्कृतिक संघको सभाहलमा सम्पन्न साधारण सभाको प्रमुख अतिथि मल्ला र विशेष अतिथि स्थापितले दीप प्रज्वलन गरि उद्घाटन गर्नुभयो |

“हाम्रो वचन नै सुरक्षित बचत तथा लाभ” भन्ने मूल नारासहित वचन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभा संस्थाका सञ्चालक समितिका तर्फबाट अध्यक्ष खनालले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, कार्यक्रम, बजेट तथा व्यवस्थापकीय प्रणाली प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको प्रगति, चुनौती र भावी योजनाबारे जानकारी गराएका थिए।

उक्त सभामा संस्थाको आगामी वर्षका लागि सदस्यता विस्तार, वित्तीय स्थायित्व, उत्पादनमुखी लगानी प्रवर्द्धन तथा सहकारी शिक्षा र तालिम कार्यक्रमलाई प्राथमिकतामा राख्ने निर्णय गरिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)













प्रतिक्रिया दिनुहोस्