images
images
images

अष्टसिद्धि सहकारीको १६औं साधारणसभा सम्पन्न

images

पूर्वाधार वाच, काठमाडौं |

टोखा नगरपालिकास्थित अष्टसिद्धि बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो १६औं वार्षिक साधारणसभा सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरेको छ। साधारणसभाबाट शान्ति तिमिल्सिना ढकाल अध्यक्षमा निर्वाचित भएकी छन्।

त्यसैगरी, पार्वती शर्मालाई सचिव र सीतादेवी काफ्लेलाई सदस्यका रूपमा चयन गरिएको छ। कार्यवाहक अध्यक्ष मिना देवी शर्माको अध्यक्षतामा कार्तिक २२ गते शनिबार सम्पन्न सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, कोषाध्यक्ष सुशिला घिमिरेले प्रस्तुत गरेको आर्थिक विवरण र लेखा परीक्षण प्रतिवेदन छलफलसहित पारित गरेको छ।

संस्थाको हालको शेयरपूँजी रु. १ करोड ६४ लाख ६८ हजार २०० रहेको छ भने निक्षेप रकम रु. १७ करोड ८० लाख ७५ हजार ९०७.७८ र कर्जा लगानी रु. १२ करोड ४१ लाख ५४ हजार ८७९.५६ रहेको जानकारी दिइएको छ। आर्थिक वर्ष २०८१/८२ मा संस्थाले रु. ३५ लाख ४२ हजार ३४२.११ को खुद नाफा आर्जन गरेको समेत उल्लेख गरिएको छ।

नवनिर्वाचित अध्यक्ष शान्ति तिमिल्सिनाले आफ्नो नेतृत्वमा सहकारीलाई अझ सशक्त, पारदर्शी र सदस्यमुखी संस्थाका रूपमा अघि बढाउने संकल्प व्यक्त गरिन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्