images
images
images

ग्लोबल आइएमई बैंक लिमिटेडको १९ औं वार्षिक साधारण सभा सम्पन्न

images

पूर्वाधार वाच, काठमाडौं
ग्लोबल आइएमई बैंक लिमिटेडको १९औं वार्षिक साधारणसभा आज प्रज्ञा प्रतिष्ठान, कमलादीमा भव्य रूपमा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफाबाट बैंकले आफ्ना शेयरधनीहरूलाई प्रस्ताव गरेको चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (करसहित) सर्वसम्मतिले स्वीकृत गरेको छ।

साधारणसभामा बैंकका अध्यक्ष श्री चन्द्रप्रसाद ढकालले सञ्चालक समितिको तर्फबाट प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरण अनुमोदन गर्दै नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएको छ। बैंकले आर्थिक वर्ष २०८१/८२ मा ७ अर्ब २३ करोड रुपैयाँ सञ्चालन मुनाफा तथा ५ अर्ब ७ करोड रुपैयाँ करपछिको मुनाफा आर्जन गरेको जनाएको छ।

बैंक आगामी पुस १८ गते व्यावसायिक सञ्चालनको उन्नाइसौं वर्ष पूरा गर्न गईरहेको छ। बैंकले बि.सं. २०६३ सालमा नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त गरी तत्कालीन ग्लोबल बैंक लिमिटेडका नाममा बैंकिङ कारोबार सुरु गरेको थियो। पछि, २०६९ सालमा साबिकका आइएमई फाइनान्सियल इन्स्टिच्युसन लिमिटेड र लर्ड बुद्ध फाइनान्स लिमिटेडलाई गाभेर ग्लोबल आइएमई बैंक लिमिटेडको नाममा एकीकृत कारोबार सुरु गरेको हो।

गरिमामय सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदनसँगै बैंकको २०८२ आषाढ मसान्तसम्मको एकीकृत वित्तीय विवरण (वासलात), आर्थिक वर्ष २०८१/८२ को नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरण, इक्वीटीमा भएको परिवर्तनको विवरण तथा बैंकका विभिन्न व्यावसायिक क्रियाकलाप समेटिएको प्रतिवेदन प्रस्तुत गरिएको थियो।

उक्त वार्षिक प्रतिवेदन बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३, कम्पनी ऐन २०६३, नेपाल राष्ट्र बैंकका निर्देशन, प्रचलित कानुन तथा नेपाल धितोपत्र बोर्डबाट जारी सूचीकृत सङ्गठित संस्थाहरूको संस्थागत सुशासनसम्बन्धी निर्देशन २०७४ बमोजिम तयार गरिएको थियो।

साधारणसभामा नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रतिनिधिहरू, शेयरधनीहरू, संस्थागत शेयरधनीका प्रतिनिधिहरू, सञ्चारकर्मी, नियामक निकायका अधिकारीहरू र बैंकका कर्मचारीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्