पूर्वाधार वाच, झापा ।
सभामुख देवराज घिमिरेले मुलुकमा विकास–निर्माणका गतिविधि रोकिन नहुने बताएका छन् ।
बिर्तामोड – ५ स्थित देवी माध्यमिक विद्यालयका लागि रु छ करोडको लागतमा निर्माण गरिने १२ कोठाको तीनतले भवनको आज शिलान्यास गर्दै उनले जस्तोसुकै अवस्थामा पनि विकासका गतिविधि जारी रहनुपर्नेमा जोड दिए ।
साथै उनले विद्यालय भवन निर्माणमा भौतिक एवं आर्थिक रूपमा सघाउन सबैमा आग्रह गरे ।
शिक्षा मन्त्रालयले केन्द्रीय आयोजना कार्यान्वयन इकाइमार्फत ‘बिग स्कूल प्रजेक्ट’ अन्तर्गत भवन निर्माण हुने विद्यालयकी प्रधानाध्यापक अम्बिका श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्