images
images
images

विश्वको सबैभन्दा ठूलो पानी संरक्षण पूर्वाधार सञ्जाल निर्माण

images

पूर्वाधार वाच, एजेन्सी ।

चीनले विगत ५ वर्षमा विश्वको सबैभन्दा ठूलो पानी संरक्षण पूर्वाधार सञ्जाल निर्माण गरेको छ । चीनको पानी व्यवस्थापन मन्त्रालयका अधिकारीहरूका अनुसार विगत पाँच वर्षको अवधिमा, देशले विश्वको सबैभन्दा ठूलो पानी संरक्षण पूर्वाधार सञ्जाल निर्माण गर्न सफल भएको हो ।

२०२१ देखि २०२५ सम्म, चीनले पानी संरक्षण डाइभर्सन र सिँचाइ परियोजनाहरूमा लगभग ४२० अर्ब अमेरिकी डलर लगानी गरेको छ, जसले देशको कुल पानी आपूर्ति क्षमतालाई ९०० अर्ब घनमिटरमा पुर्‍याएको छ ।

देशको दक्षिण–उत्तर पानी डाइभर्सन परियोजनाको काम अगाडि बढिरहेको छ जसमा ८३ अर्ब घनमिटर पानी पहिले नै लगभग १९ करोड ५० लाख मानिसहरूलाई पुर्‍याइएको छ ।

त्यस्तै, चीनले एक ट्रिलियन घन मिटर पानी अटाउन सक्ने ९५,००० जलाशयहरू पनि निर्माण गरेको छ । जुन जलाशयहरूको संख्या, प्रकार र उच्च बाँधहरूको संख्यामा विश्वव्यापी रूपमा पहिलो स्थानमा छ ।
साथै, चीनले विश्वको सबैभन्दा ठूलो केन्द्रीकृत ग्रामीण पानी आपूर्ति प्रणाली स्थापना गरेको छ, जसमा २०२५ को अन्त्यसम्ममा ९६ प्रतिशत ग्रामीण जनसंख्याले धारा पानीमा पहुँच पाउने अपेक्षा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्