images
images
images

रघुगङ्गाको मौवाफाँटमा पक्की सडक निर्माण

images

फाइल तस्बिर

पूर्वाधार वाच, म्याग्दी ।

रघुगङ्गा गाउँपालिकाको कार्यालय रहेको मौवाफाँटमा रु ५३ लाख खर्चेर पक्की सडक निर्माण भएको छ ।

मौवाफाँट चोकदेखि गाउँपालिका कार्यालयसम्म पुग्ने २९१ मिटर सडकलाई छदेखि आठ मिटर चौडा बनाएर ढलान गरिएको छ ।

रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीका अनुसार पानीको निकासका निम्ति नालीका साथै सडकको सुरक्षाका लागि टेवा पर्खाल निर्माण भएको छ । पक्की सडक बनेपछि स्थानीय हर्षित छन् ।

ढल व्यवस्थापन गर्न नौ वटा ह्युमपाइप बिछ्याइएका छन् भने २२५ मिटर पक्की नाला र पर्खाल पनि निर्माण गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्