images
images
images

मेडिकेर अस्पताल लिमिटेडको २८औँ वार्षिक साधारणसभा सम्पन्न

images

पूर्वाधार वाच, काठमाडौं ।

मेडिकेर अस्पताल लिमिटेडले आज आफ्नो २८औँ वार्षिक साधारणसभा (एजिएम) सम्पन्न गर्दै नेपालको स्वास्थ्य सेवा स्तर उकास्ने तथा उपचारका लागि विदेश जानुपर्ने बाध्यता घटाउने प्रतिवद्धता दोहोर्याएको छ। साधारणसभामा अस्पतालले नेपालमा स्वास्थ्य सेवा क्षमतामा सुधार भए पनि आवश्यक माग पूरा गर्न अझै चुनौती रहेको उल्लेख गर्यो।

विशेषज्ञ उपचारका लागि धेरै नेपाली बिरामी भारत, थाइल्यान्ड लगायतका देशहरूमा जान बाध्य हुँदा देशबाट ठूलो मात्रामा वैदेशिक मुद्रा निस्कने र परिवारहरूलाई आर्थिक तथा व्यवस्थापकीय बोझ पर्ने गरेको तथ्य प्रस्तुत गरियो।

यही अन्तरलाई कम गर्न मेडिकेर अस्पतालले अन्तर्राष्ट्रिय स्तरका उपचार सेवा—क्युरेटिभ, प्रिभेन्टिभ र रिह्याबिलिटेटिभ—नेपाली भुसमा सहज र किफायती रूपमा उपलब्ध गराउँदै आएको जनाएको छ। अत्याधुनिक प्रविधिसहितका सेवा विस्तार गर्दै आएको अस्पतालले आगामी वर्षहरूमा सेवा पहुँच, आधारभूत पूर्वाधार तथा गुणस्तर थप सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गर्यो।

साधारणसभामा अस्पतालले बिरामीलाई स्वदेशमै विश्वसनीय उपचार उपलब्ध गराउने रणनीतिमा जोड दियो, जसले विदेशमा उपचारका नाममा खर्च हुने भोटिएको विदेशी मुद्रा बचतमा योगदान पुर्याउने बताइएको छ। नेपाली स्वास्थ्य सेवा स्तर उकास्ने दृष्टिले स्थापना गरिएको मेडिकेर अस्पतालले आत्मनिर्भर स्वास्थ्य प्रणाली निर्माण गर्ने लक्ष्यसहित आफ्नो सेवा दायरा निरन्तर विस्तार गरिरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्