images
images
images

मन्त्री घिसिङको हास्यास्पद तर्क – ‘भारतबाट महँगोमा बिजुली किनेर घाटा होइन, नाफा गरायौं’

images

पूर्वाधार वाच, काठमाडौं ।

ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङले भारतबाट प्रतियुनिट भारतीय २१ पैसा महँगोमा बिजुली किन्ने निर्णय गरेर राजयलाई घाटा होइन नाफा गराएको हास्यास्पद तर्क गरेका छन् ।

सोमबार राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा मन्त्री घिसिङले पीटीसी इन्डियासँग महंगो विद्युत् किनेर उल्टै ३ अर्ब फाइदा गरेको दाबी पेश गरे ।

नेपाल विद्युत् प्राधिकरणले पीटीसी इन्डियाले मागेभन्दा पनि महँगो दरमा बिजुली किन्दा तथा तिर्नै नपर्ने बिहार राज्य प्रसारण लाइनको ह्विलिङ चार्ज तथा चुहावट समेत नघटाएर करिब ४३ करोड रुपैयाँ गडबडी गरेको विषय यसअघि सार्वजनिक भएपछि राष्ट्रिय सभाका सांसद्हरूले सो बारे प्रश्न उाठाएका छन् ।

सांसदहरुले प्रश्न यठाएपछि उठाएपछि त्यसको जवाफमा मन्त्री घिसिङले महँगोमा बिजुली किनेर घाटा होइन, नाफा गराएको हास्यास्पद तर्क प्रस्तुत गरेका हुन् ।

उनले भने , ‘प्रतियुनिट ६.९५ भारुमा बिजुली किन्ने सम्झौता गरेर हामीले ड्राइ सिजनमा बिजुली सुरक्षित गरेका छौं ।’ यस्तै उनले भोलिका दिनमा बिजुली अझै महँगो पर्ने सम्भावना भएकोमा अहिले नै महँगोमा सम्झौता गरिदिएर प्राधिकरणको पैसा जोगाइदिएको तर्क समेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्