images
images
images

निर्माणको अन्तिम चरणमा ठिनी खोलाको पुल

images

फाइल तस्बिर

पूर्वाधार वाच, मुस्ताङ ।

घरपझोङ गाउँपालिका–५ भएर बग्ने ठिनी खोलाको निर्माणाधीन मोटरेबल पुल अन्तिम चरणमा पुगेको छ ।

गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालयले घरपझोङ चक्रपथ सडक जोड्न यो योजना कार्यान्वयनमा गरेको हो ।

यो पुलकोे ८ दशमलव ४ मिटर चौडा र ३५ मिटर लामो हुने पूर्वाधार विकास कार्यालयका इन्जिनियर घनश्याम रोक्कामगरले जानकारी दिए ।

पुलको लागत रु चार करोड ४६ लाख छ । पुल आगामी साउन २८ गतेसम्ममा सम्पन्न गर्ने लक्ष्य छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्