images
images
images

कयरखोलमा पक्की पुल निर्माण हुँदै

images

फाइल तस्बिर

पूर्वाधार वाच, नारायणगढ ।

कालिका नगरपालिका–१० सिद्धि तिनदोभानस्थित कयर खोलामा पक्की पुल निर्माण सुरु भएको छ ।

बुधबार एक विशेष समारोहबीच नगरप्रमुख विनोद रेग्मीले पुलको शिलान्यास गरे । पुलका निम्ति रु चार करोड ३८ लाख ६७ हजार ८५५ विनियोजन गरिएको उहाँले बताउनुभयो ।

पुल २०८३ पुस ३० गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । पुल प्रि–स्ट्रेस्ड कन्क्रिट ब्रिज, ४० मिटर स्पान, सवारी भाग (डेक) छ मिटर र कूल चौडाइ ८.४ मिटर हुनेछ ।

पुलका दुवैतर्फ ६०–६० मिटर एप्रोच सडक पनि निर्माण कम्पनीले बनाउने सम्झौता भएको नगरप्रमुख रेग्मीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्