पूर्वाधार वाच, काठमाडौं ।
बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले १७औं वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको छ। साधारणसभामा अध्यक्षले आर्थिक वर्षभरिका गतिविधि, उपलब्धि तथा आगामी कार्ययोजनाबारे सेयरधनीलाई जानकारी गराएका थिए।
कम्पनीका अनुसार गत आर्थिक वर्षमा उत्पादन र वित्तीय व्यवस्थापन दुवै क्षेत्रमा उल्लेख्य सुधार भएको छ। नुवाकोट जिल्लामा निर्माणाधीन तल्लो तारु जलविद्युत् आयोजना नियमित रूपमा सञ्चालनमा रहँदा उत्पादन अवरुद्ध हुने समस्या न्यून भई वार्षिक आम्दानीमा सकारात्मक वृद्धि भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन र लेखा परीक्षण प्रतिवेदन अनुमोदन गर्नुका साथै नयाँ लेखा परीक्षक नियुक्ति, सञ्चालक समिति सदस्यहरूको पारिश्रमिक निर्धारणलगायतका प्रस्तावहरू बहुमतले पारित गरेको छ। साथै, कम्पनीलाई आगामी दिनमा थप सबल बनाउने रणनीति तथा योजनाबारे समेत छलफल गरिएको थियो।
अध्यक्षले कम्पनीको प्रगतिमा सेयरधनी, कर्मचारी तथा स्थानीय समुदायको सहयोग महत्वपूर्ण रहेको उल्लेख गर्दै नेपाल विद्युत् प्राधिकरण, ऊर्जा मन्त्रालय, विद्युत् नियमन आयोग तथा सरोकारवाला निकायहरूको निरन्तर सहयोग रहने विश्वास व्यक्त गर्नुभयो। कम्पनीले आगामी दिनमा उत्पादन क्षमता विस्तार, वित्तीय संरचना थप सुदृढ बनाउने र लगानीकर्ताको हितलाई केन्द्रमा राखेर अघि बढ्ने योजना लिएको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्