पूर्वाधार वाच, काठमाडौं ।
साहास उर्जा लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि आकर्षक लाभांश वितरण गर्ने निर्णयसँगै आफ्नो वार्षिक साधारणसभा बुधबार (मंसिर २४) बबरमहलस्थित कार्की बैंक्वेटमा सम्पन्न गरेको छ। सभा कम्पनीका अध्यक्ष हिम प्रसाद पाठकको सभापतित्वमा तथा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न भयो।
बिहान ११ बजे सुरु भएको साधारणसभामा शेयरधनी, सञ्चालक समिति, निरीक्षक, विशिष्ट अतिथि तथा सरोकारवालाको उल्लेखनीय उपस्थिति थियो।
कुल २२.११% लाभांश अनुमोदन
सभाले सञ्चालक समितिले प्रस्ताव गरेको २१% बोनस शेयर र १.११% नगद लाभांश सहित कुल २२.११% लाभांश सर्वसम्मतिले पारित गरेको छ। कम्पनीको हालको चुक्तापूँजी ३ अर्ब ७८ करोड रुपैयाँ रहेको छ। बोनसपछि चुक्तापूँजी बढेर ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ पुग्नेछ।
१००% हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित
साधारणसभाले बोनसपछि कायम हुने चुक्तापुँजीको १:१ अनुपातमा १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव अनुमोदन गरेको छ। यसका लागि प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव समेत पारित गरियो। भ भविष्यमा नियामक निकायबाट परिमार्जन वा सुझाव आएमा आवश्यक समायोजन गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गरिएको छ।
वार्षिक प्रतिवेदन, लेखापरीक्षक नियुक्ति सहित अन्य प्रस्ताव स्वीकृत
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा लेखा परीक्षण प्रतिवेदन पारित गर्दै चालु आर्थिक वर्षका लागि नयाँ लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि स्वीकृत गर्यो।
लाभांश प्रयोजनका लागि मंसिर ५ मा बुक–क्लोज
यसअघि नै कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनका लागि मंसिर ५ गते बुक–क्लोज मिति तोकेको थियो। सो मितिभन्दा अघि नाम दर्ता भएका शेयरधनीहरू लाभांशका लागि योग्य मानिनेछन्।
कम्पनीले लाभांश वितरण तथा हकप्रद जारी प्रकृया नियामक स्वीकृतिपछि छिट्टै अघि बढाइने जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्