पूर्वाधार वाच, काठमाडौं।
नेपाली औषधि उद्योगमा गुणस्तर र सर्वसुलभ पहुँच सुनिश्चित गर्ने उद्देश्यका साथ सञ्चालन हुँदै आएको एरो फार्मास्युटिकल्स लिमिटेडले काठमाडौँमा आफ्नो दोस्रो वार्षिक साधारणसभा (एजीएम) सफलतापूर्वक सम्पन्न गरेको छ। साधारणसभाले कम्पनीको हालसम्मको प्रगति मूल्याङ्कन गर्नुका साथै आगामी कार्यदिशा, विस्तार योजना र सस्तो मूल्यमा गुणस्तरीय औषधि उत्पादनप्रतिको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ।
अनुभवी व्यवस्थापनको संयुक्त पहलबाट स्थापना
फार्मास्युटिकल क्षेत्रको व्यवस्थापन, उत्पादन तथा सञ्चालनमा लामो अनुभव हासिल गरेका तीन जना अनुभवी पेशेवरको संयुक्त पहलमा एरो फार्मास्युटिकल्स स्थापना भएको हो।
“प्रभावकारी औषधि सबैको पहुँचमा हुनुपर्छ” भन्ने साझा विश्वासका साथ अघि बढिरहेको यस कम्पनीको नाम ‘एरो’ राखिनु पनि स्वास्थ्य सेवामा सही दिशा र स्पष्ट लक्ष्यप्रतिको संकेत भएको कम्पनीको भनाइ छ।
भक्तपुरस्थित अत्याधुनिक उत्पादन केन्द्र
एरो फार्मास्युटिकल्सको मुख्य उत्पादन केन्द्र भक्तपुरमा अवस्थित छ, जुन करिब ५१ हजार वर्गफुट क्षेत्रफलमा फैलिएको छ। अन्तर्राष्ट्रिय मापदण्डअनुसार डिजाइन गरिएको यो उद्योग दुई छुट्टाछुट्टै ब्लकमा सञ्चालन भइरहेको छ।
एक ब्लकमा सामान्य औषधि उत्पादन हुँदै आएको छ भने अर्को ब्लक विशेष रूपमा सेफालोस्पोरिन एन्टिबायोटिक उत्पादनका लागि निर्माण गरिएको छ। यसले उच्चस्तरीय सुरक्षा, संक्रमण नियन्त्रण र उत्पादन गुणस्तर सुनिश्चित गर्न सहयोग पुर्याएको कम्पनीले जनाएको छ।

cGMP मापदण्डअनुसार सञ्चालन
‘क्लिन रुम कन्सेप्ट’ मा आधारित उत्पादन संरचना अत्याधुनिक मेसिनरी, स्वचालित प्रणाली र कडा गुणस्तर नियन्त्रण प्रक्रियाले सुसज्जित छ।
हाल प्रचलित गुड म्यानुफ्याक्चरिङ प्राक्टिस (cGMP) अनुसार सञ्चालन हुने यस उद्योगले कच्चा पदार्थ छनोटदेखि अन्तिम उत्पादनसम्म शुद्धता, प्रभावकारिता र स्थायित्व कायम गर्न सहयोग गरिरहेको छ।
जिम्मेवार प्रवर्द्धन र चिकित्सक समुदायसँग सहकार्य
उत्पादनसँगै कम्पनीले चिकित्सक समुदायसँगको नैतिक, पारदर्शी र जिम्मेवार सम्बन्धलाई पनि प्राथमिकतामा राखेको जनाएको छ।
वैज्ञानिक प्रमाणमा आधारित जानकारी प्रवाह गर्ने उद्देश्यले कम्पनीले दक्ष, प्रशिक्षित र प्रतिबद्ध बिक्री तथा मेडिकल प्रतिनिधि टोलीमा निरन्तर लगानी गर्दै आएको छ।
साधारणसभामा उपलब्धि र भावी रणनीतिमाथि छलफल
दोस्रो वार्षिक साधारणसभामा कम्पनीका हालसम्मका उपलब्धि, उत्पादन क्षमता, सञ्चालन अवस्था तथा आगामी विस्तार योजनाबारे विस्तृत छलफल गरिएको थियो।
स्वदेशी औषधि उत्पादन राष्ट्रिय स्वास्थ्य सुरक्षाको महत्वपूर्ण आधार बन्दै गएको सन्दर्भमा एरो फार्मास्युटिकल्सले आफूलाई जिम्मेवार, मूल्य–आधारित र गुणस्तरमुखी नेपाली उत्पादनकर्ताका रूपमा स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्