images
images
images

दुवारीमा पुग्याे केन्द्रीय प्रशारण लाइनको बिजुली

images

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–८ दुवारीमा केन्द्रीय प्रशारण लाइनको बिजुली पुगेको छ । दुवारी भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित छ ।

नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रम अन्तर्गत दुवारी, ढाँड र पात्लेखर्कमा वितरण लाइन विस्तार र ट्रान्सफर्मर चार्ज भएको हो ।

मुख्य, शाखा लाइनको पोल गाड्ने, ११ केभी क्षमताको तार तान्ने र ५० केभीए क्षमताको ट्रान्सफर्मर जडान गर्ने काम सकिएको नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले बताए ।

प्रशारण लाइनको परीक्षण र ट्रान्सफर्मरको चार्ज गरिएको उनले बताए। मिटरबक्स जडान र वायरिङ सकिएपछि घरघरमा केन्द्रीय लाइनको बिजुली बल्नेछ । दुवारी, ढाँड र पात्लेखर्कमा ९० घरपरिवारको बसोबास छ ।

वडाध्यक्ष गमान छन्त्यालका अनुसार यहाँका बासिन्दा हाल लघु जलविद्युत् परियोजनाको विद्युत् प्रयोग गर्दै आएका छन् ।

म्याग्दीका १४ स्थानका दुई हजार १८३ घरधुरीमा राष्ट्रिय प्रशारण लाइनको विद्युत् सुविधा विस्तारका लागि प्राधिकरणले आर्थिक वर्ष २०८०/८१ देखि रु २२ करोड बजेटको योजना सञ्चालन गरेको छ ।

यस योजना मार्फत यसअघि मालिका गाउँपालिका–१ निस्कोट, २ रुम, ३ डाडागाउँ, पात्ले, वडा नं–४ ओखरबोटका छ सय, च्युरीबोटका करिब १००, धवलागिरि गाउँपालिकाको मलम्पारका १५० र बुलका ४५ घरमा विद्युतीकरण भइसकेको छ ।

तीन सय ७० घरपरिवारको बसोबास रहेको लुलाङमा गत जेठ, १५० घरपरिवारको बसोबास रहेको मल्कवाङ र १५० घरपरिवारको बसोबास भएको महभिरमा गत मङ्सिर महिनामा ट्रान्सफर्मर चार्ज भइसकेको छ ।

यो ठेक्कामार्फत धवलागिरी गाउँपालिका–१ को गुर्जाबाहेकका बस्तीहरूमा केन्द्रीय विद्युत् सुविधा पुुग्ने म्याग्दी १ ९ख० बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन)ले बताए ।

धवलागिरि गाउँपालिका–४ खिवाङ, चेचुङ, नाउरा, बगर, सिम्कोश र नेरवाङमा विद्युत् विस्तारको काम थाल्न निर्माण व्यवसायीलाई निर्देशन दिएको उहाँले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्