कास्की । ‘सडक मै खाउ, सडकमै नाचौँ, सडक मै रमाउँ’ को नारासहित पर्यटकीय राजधानी पोखरास्थित फेवाताल किनारमा यही पुस १३ गतेदेखि पोखरा सडक महोत्सव सुरु हुँदैछ ।
अङ्ग्रेजी नयाँ वर्ष २०२६ को स्वागतार्थ रेष्टुरेण्ट एण्ड बार एशोसिएशन नेपाल (रेवान) पोखराले २७ औँ संस्करणको महोत्सव गर्न लागेको हो । महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आज आयोजित पत्रकार सम्मेलनमा रेवानका अध्यक्ष विश्वराज पौडेलले जानकारी दिए ।
उनका अनुसार महोत्सव लेकसाइडको खहरेदेखि अम्बोटसम्मको साढे तीन किमी क्षेत्रमा पुस १७ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछिको विषम् परिस्थिति र सङ्कटका बाबजुद दिगो पर्यटनको परिकल्पनालाई सार्थक बनाउँदै अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने विश्वास लिइएको अध्यक्ष पौडेलले बताए।
हरेक सङ्कटपछि सुस्ताएको पर्यटन व्यवसायलाई पुनरुत्थान (रिभाइभल) गर्न र ‘पोखरा सुरक्षित तथा खुला छ’ भन्ने सन्देश प्रवाह गर्न महोत्सव पलदायी हुने विश्वास आयोजकको छ ।
महोत्सवको मुख्य आकर्षणको रुपमा विभिन्न जातजातिका लोपोन्मुख सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा प्रदर्शन, झाँकी प्रदर्शन प्रतियोगिता, सडकमै राष्ट्रिय तथा अन्तरराष्ट्रिय परिकारहरुको प्रदर्शन, लाइभ कन्सर्ट, खेलकुदतर्फ बोट रेस, वेटर रेस, टग अफ बार र पर्यटक लक्षित विशेष खेलहरु रहेको महोत्सवका संयोजक वसन्त गौतमले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्