images
images
images

भक्तपुरको पोटरी स्क्वायरमा सडक महोत्सव सुरु

images

भक्तपुर । भक्तपुरको पोटरी स्क्वायरमा आजबाट पोटरी स्क्वायर स्ट्रिट फेस्टिभल ९सडक महोत्सव० सुरु भएको छ ।

एकीकृत हाकुज्या प्रजापति समाजले आजबाट सुरु गरेको दुईदिने पोटरी स्क्वायर स्ट्रिट फेस्टिभलको आज भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले माटोको भाँडा बनाएर उद्घाटन गरेका हुन् ।

भक्तपुरले भाषा, कला र संस्कृति बचाउन सकेमात्र आफ्नो पहिचान बचाउन सक्ने बताउँदै उहाँले माटोको भाँडा बनाउने पेसाजस्तै पुराना सीपहरू संरक्षण गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताए ।

मौलिक उत्पादन र सीपलाई संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव शनिबार राति सम्पन्न हुन्छ । महोत्सवमा खाद्य, विभिन्न स्थानीय परिकारहरू, कृषि, माटाका भाँडाकुँडाहरूको स्टल तथा प्रदर्शनी, सांस्कृतिक नाच र सांस्कृतिक प्रस्तुतिसमेत प्रस्तुत गरिएको छ ।

रात्रिकालीन पर्यटनलाई समेत प्रवर्द्धन गर्नेगरी सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्