images
images
images

आगामी बजेटमा आयोजना बैंक कार्यान्वयन प्रभावकारी बनाउने तयारी

images

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणको क्रममा आयोजना बैंकको कार्यान्वयनलाई प्रभावकारी बनाउने तयारी गरेको छ ।

सोमबार बसेको सचिव बैठकले आगामी आवको बजेट तर्जुमाका लागि आयोजना बैंकमा प्रविष्ट गर्नुपर्ने आयोजनाको विवरण समयमै प्रविष्ट गर्ने निर्णय गरेको हो । यसअघि आयोजना बैंकको अवधारणा औपचारिकतामा मात्र सिमित गरिएको थियो ।

बजेट आउने दिनको अघिल्लो रातसम्म बजेटमा आयोजना घुसाउने प्रवृत्तिका कारण राजनीतिक स्वार्थका हजारौं खुद्रे आयोजना समावेश हुने गरेका छन् ।

यसलाई रोक्न सरकारले आगामी बजेटमा आयोजना बैंकको कार्यान्वयन प्रभावकारी बनाउने तयारी गरेको हो । आयोजना बैंकमा सामान्यतया पूर्वतयारी सम्पन्न भई कार्यान्वयनको चरणमा रहेका आयोजना प्रविष्ट गर्ने र यसरी प्रविष्ट गरिएका आयोजना मात्र बजेटमा राख्ने प्रावधान छ ।

सो बैठकले एलडीसी ग्राजुएसन स्मुथ ट्रान्जिसन स्ट्राटेजी र १६ औं योजनाको कार्यान्वयनमा क्षेत्रगत मन्त्रालयरनिकायले उच्च प्राथमिकता दिई आगामी आवको बजेट तथा कार्यक्रममा समावेश गर्ने निर्णय गरेको छ ।

साथै यसको प्रभावकारी कार्यान्वयनको व्यवस्था मिलाउने निर्णय समेत बैठकले गरेको छ । बैठकले सम्पत्ति शुद्धीकरण सम्बन्धमा नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न कार्यान्वयनमा रहेको कार्ययोजना बमोजिम सम्बन्धित निकायले आफ्नो जिम्मेवारी अन्तर्गतको कार्य उच्च प्राथमिकताका साथ गर्ने निर्णय बैठकले गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्