बिशकेक । किर्गिजस्तानको राजधानी बिशकेकमा शनिबार चिनियाँ लगानीमा तयार गरिएको नयाँ उर्जा आयोजना सञ्चालनमा आएको छ । यस आयोजनाले फोहोरबाट उर्जा उत्पादन गर्दै वातावरणमैत्री समाधान दिनेछ ।
सञ्चालन समारोहमा किर्गिज राष्ट्रपति सादिर जापारोभले भने, ‘यस आयोजनाले फोहोर व्यवस्थापनको समस्या समाधान गर्नेछ, उर्जा उत्पादन गर्नेछ र रोजगारी सिर्जना गर्नेछ।’ उनले थपे। ‘यो आयोजना राजधानीको वातावरणीय अवस्था सुधार्ने र जनताका लागि विद्युत आपूर्तिमा सहयोग पुर्याउनेछ ।’
बिशकेक उपमेयर रामिज अलिभले सञ्चार माध्यमसँगको कुराकानीमा भने, ‘फोहोरलाई स्वच्छ उर्जामा रूपान्तरण गरेर सहरको धुवाँ–धुलोको समस्या समाधान गर्न यस आयोजनाले ठूलो सहयोग पुर्याउनेछ ।’
यस आयोजनाको निर्माण र सञ्चालन चिनियाँ कम्पनी हूनान जुनसिन वातावरण संरक्षण कम्पनीले वित्तीय सहयोग गरेको हो । कम्पनीका अध्यक्ष दाइ दाओगुओले भने, ‘हामी यस आयोजना सुरक्षित, स्थिर र वातावरणमैत्री ढङ्गले सञ्चालन गर्न प्रतिबद्ध छौं र स्थानीय बासिन्दासम्म विकासका फाइदाहरू पुर्याउने सुनिश्चित गर्नेछौं ।’
आयोजना निर्माणको काम अप्रिल २०२४ मा सुरु भएको थियो । यसले दैनिक तीन हजार मेट्रिक टन फोहोर प्रशोधन गर्ने क्षमताको डिजाइन गरिएको भए पनि सुरुवाती रूपमा एक हजार मेट्रिक टन फोहोर दैनिक प्रशोधन हुनेछ ।
यसबाट वार्षिक करिब एक करोड चालीस लाख एक हजार युनिट उर्जा उत्पादन हुने र वार्षिक करिब एक लाख मेट्रिक टन कार्बन डाइअक्साइड उत्सर्जन घट्ने अपेक्षा गरिएको छ । दुवै देशका दुई सयभन्दा बढी प्रतिनिधिहरूले उद्घाटन कार्यक्रममा सहभागिता जनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्