images
images
images

स्वास्थ्यमन्त्री गौतमले सार्वजनिक गरिन् दुई महिने कार्यकालका उपलब्धि

images

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले आफ्नो दुई महिने कार्यकालमा मानसिक स्वास्थ्य, स्वास्थ्य बिमा सुधार र औषधि व्यवस्थापन जस्ता क्षेत्रमा महत्त्वपूर्ण नीतिगत उपलब्धि हासिल भएको बताएकी छन् । मन्त्रालयबाट भएका कार्यप्रगति सार्वजनिक गर्दै उनले सुशासन, संस्थागत सुदृढीकरण र स्वास्थ्य सेवाको पहुँच विस्तारलाई आफूले मुख्य प्राथमिकता दिएको उल्लेख गरेकी हुन् ।

कात्तिक ९ गते पदभार ग्रहण गरेकी गौतमले यी रणनीतिक कदमले नेपालको स्वास्थ्य प्रणालीमा दीर्घकालीन प्रभाव पार्ने विश्वास व्यक्त गरिन् । उपलब्धि विवरणअनुसार स्वास्थ्य बिमामा देखिएका चुनौती समाधानका लागि विज्ञ समिति गठन गरिएको छ भने बिमा बोर्डको स्थायी दरबन्दीका लागि सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम)को पूर्वस्वीकृति प्राप्त भई कार्य अघि बढेको छ ।

मन्त्री गौतमले अस्पतालहरूलाई भुक्तानी गर्न बाँकी रहेको बिमा रकम निकासाका लागि अर्थ मन्त्रालयमा पठाएको जानकारी समेत दिइन् । औषधि उत्पादन, आयात र मूल्य नियन्त्रणलाई व्यवस्थित गर्न विज्ञ समिति गठन गरिएको र नेपाल औषधि प्रयोगशालालाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार स्तरोन्नति गर्ने प्रक्रिया सुरु गरिएको छ ।

मन्त्री गौतमले स्वास्थ्य क्षेत्रमा खरिद तथा आपूर्ति प्रणाली सुधारका लागि निर्देशिका र कार्यविधि पुनरावलोकन गरिएको बताएकी छन् । स्थानीय तहका ५ देखि १५ शय्यासम्मका आधारभूत अस्पतालका लागि आवश्यक उपकरणको सूची स्वीकृत हुनुका साथै जोखिमयुक्त गर्भवती र नवजात शिशुको उपचार सेवामा सुधार ल्याइएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका अस्पतालमा विशेष नवजात शिशु हेरचाह एकाइ ९एसएनसियू० सेवा सुदृढीकरणलाई पनि उपलब्धिको रूपमा हेरिएको छ ।

मानसिक स्वास्थ्यतर्फ १६ वटा सङ्घीय अस्पतालमा मनोसामाजिक डेस्क स्थापना गरिएको र ‘जेनजी’ आन्दोलनका घाइतेलाई लक्षित गरी विशेष क्लिनिकमार्फत सेवा प्रदान गरिएको छ । सहिद परिवारलाई मनोवैज्ञानिक सहजीकरण गरी पुनःस्थापना गर्ने कार्य पुसको तेस्रो हप्तादेखि सुरु हुने मन्त्रालयले जनाएको छ । यसका साथै वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि स्वास्थ्य जानकारी र श्रम मन्त्रालयसँगको समन्वयमा टेलिमेडिसिन सेवा विस्तारको तयारी भइरहेको विवरणमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्