images
images
images

एसवाई प्यानल र ङादी हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट

images

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १० दशमलव ८७ अंकले बढेर दुई हजार ६३३ दशमलव ७६ को बिन्दुमा कायम भएको छ । आज ३४२ कम्पनीको एक करोड १९ लाख ४६ हजार ३३३ कित्ता शेयर ६३ हजार ९८१ पटक खरिद बिक्री हुँदा रू पाँच अर्ब १३ करोड ४८ लाख ५० हजार ५२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूह एक दशमलव ६१ प्रतिशतले बढेको छ ।

एसवाई प्यानल नेपाल लिमिटेड र ङादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी ग्रीन भेन्चर लिमिटेडको रू १७ करोड ७९ लाख तीन हजार ४१३ बराबरको तीन लाख ४९ हजार ७४४ कित्ता शेयर किनबेच भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्