काठमाडौं । सरकारले गठन गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १२ करोड ३३ लाख रुपैयाँ बराबर रकम जम्मा भएको छ ।
अर्थ मन्त्रालयका अनुसार बिहीबारसम्म कोषमा उक्त परिमाण बराबर रकम जम्मा भएको हो । २३ र २४ भदौको जेनजी आन्दोलन क्रममा क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माण गर्न सरकारले कोष गठन गरेको थियो ।
कोषमा बिहीबार मेटलाइफ नेपालले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २५ लाख रुपैयाँ जम्मा गरेको छ ।
सहयोग रकम कोषमा जम्मा गरी त्यसको जानकारी मेटलाइफ नेपालका कार्यकारी निर्देशक निर्मलकाजी श्रेष्ठले बिहीबार अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर खनाललाई गराए ।
कोषमा पुर्याएको योगदानका लागि नेपाल सरकारका तर्फबाट अर्थमन्त्री खनालले मेटलाइफ नेपाललाई धन्यवाद दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्