images
images
images

पिपुल्स हाइड्रोपावरको १८औँ वार्षिक साधारण सभा सम्पन्

images

पूर्वाधार वाच, काठमाडौं।

पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेड (PHCL) को १८औँ वार्षिक साधारण सभा काठमाडौंको क्वालिटी बैंक्वेट मा सफलतापूर्वक सम्पन्न भएको छ। साधारण सभामा कम्पनीका शेयरधनी, सञ्चालक समिति, व्यवस्थापन टोली तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

वार्षिक प्रतिवेदन र वित्तीय विवरण पारित

सभामा आर्थिक वर्ष २०८१/०८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गरिएको छ। यससँगै आर्थिक वर्ष २०८२/०८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव पनि सर्वसम्मत रूपमा स्वीकृत भएको छ।

हकप्रद शेयर निष्कासन प्रस्ताव स्वीकृत

साधारण सभाले हकप्रद शेयर निष्कासन सम्बन्धी महत्वपूर्ण प्रस्ताव पारित गरेको छ। हकप्रदबाट संकलित रकममध्ये ५० प्रतिशत बैंक ऋण भुक्तानीमा बाँकी ५० प्रतिशत जलविद्युत् आयोजना निर्माण तथा लगानीमा प्रयोग गर्ने निर्णय गरिएको छ। यस निर्णयले कम्पनीको वित्तीय संरचना थप सुदृढ हुने अपेक्षा गरिएको छ।

नियमावली संशोधन र आयोजना नामसारीको निर्णय

सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित भएको छ। साथै, कम्पनीको नाममा रहेको हिमदुली दोर्दी जलविद्युत् आयोजना हिमदुली पावर कम्पनी प्रा.लि.को नाममा हस्तान्तरण/नामसारी गर्ने निर्णय पनि अनुमोदन गरिएको छ। नियामक निकायबाट कुनै संशोधन वा निर्देशन आएमा त्यसअनुसार आवश्यक परिवर्तन गर्न सञ्चालक समितिलाई पूर्ण अधिकार प्रदान गरिएको छ।

अध्यक्षको सम्बोधन: जलविद्युत् क्षेत्रमा दीर्घकालीन प्रतिबद्धता

सभामा अध्यक्षले सम्बोधन गर्दै नेपालमा जलविद्युत् क्षेत्र निजी लगानीका लागि आशाजनक बन्दै गएको उल्लेख गरे। पिपुल्स हाइड्रोपावरले दोधी खोला जलविद्युत् आयोजना (१४ मेगावाट) सफलतापूर्वक सञ्चालनमा ल्याएर राष्ट्रिय विद्युत् प्रणालीमा योगदान पुर्‍याइरहेको जानकारी गराइयो।

अध्यक्षले आगामी दिनमा पनि शेयरधनीको हित, वित्तीय अनुशासन र दीर्घकालीन वृद्धि लाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

शेयरधनीको सक्रिय सहभागिता

साधारण सभामा उपस्थित शेयरधनीहरूले कम्पनीको प्रगति, ऋण व्यवस्थापन तथा भावी योजनाबारे चासो व्यक्त गर्दै सकारात्मक सुझावहरू दिएका थिए। व्यवस्थापन पक्षले ती सुझावलाई आगामी कार्ययोजनामा समावेश गर्ने प्रतिबद्धता जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्