images
images
images

२१.३ मेगावाट क्षमताको ठूलो खोला आयोजना सञ्चालनमा, संयुक्त ऊर्जा सार्वजनिक हुने बाटोमा

images

पूर्वाधार वाच, ललितपुर।

म्याग्दीको रघुगंगा गाउँपालिकामा २१.३ मेगावाट क्षमताको ठूलो खोला जलविद्युत आयोजना निर्माण गरिरहेको संयुक्त ऊर्जा लिमिटेड ले तेस्रो वार्षिक साधारण सभा सम्पन्न गर्दै व्यावसायिक विद्युत उत्पादन सुरु गरेको छ। निर्माणका सम्पूर्ण प्राविधिक चरण पूरा भएसँगै कम्पनीले महत्वपूर्ण उपलब्धि हासिल गरेको हो।

यससँगै संयुक्त ऊर्जा नेपालका स्वतन्त्र ऊर्जा उत्पादकहरूको पंक्तिमा औपचारिक रूपमा सक्रिय बनेको छ, जसले स्वदेशी ऊर्जा उत्पादन विस्तारमा थप योगदान दिने अपेक्षा गरिएको छ।

सभामा सेयरधनीहरूले कम्पनीको प्रगति, वित्तीय अवस्था र आगामी रणनीतिमाथि छलफल गर्दै सार्वजनिक लिमिटेड बनेपछि प्राथमिक सेयर (IPO) निष्कासन गर्ने प्रस्ताव अघि बढाएका छन्। योजनाअनुसार सर्वसाधारणका लागि ४१ लाख ६० हजार कित्ता साधारण सेयर जारी गरिनेछ, जसका लागि लक्ष्मी सनराइज क्यापिटल लिमिटेड लाई निष्कासन तथा बिक्री प्रबन्धक तोकिएको छ।

गैरआवासीय नेपाली संघ (NRNA) का अनुभवी व्यक्तित्व डा. बद्री के.सी. को नेतृत्वमा करिब ३ अर्ब ६० करोड लागतमा सम्पन्न यस आयोजनाले राष्ट्रिय प्रसारण लाइनमा स्वच्छ ऊर्जा थप्दै ऊर्जा आयातमा निर्भरता घटाउने, स्थानीय रोजगारी सिर्जना गर्ने र क्षेत्रीय आर्थिक विकासलाई दीर्घकालीन टेवा दिने विश्वास व्यक्त गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्