images
images
images

छ्याङ्दी हाइड्रोपावरको १२औँ वार्षिक साधारणसभा सम्पन्न

images

पूर्वाधार वाच, काठमाडौं ।

छ्याङ्दी हाइड्रोपावर लिमिटेडको १२औँ वार्षिक साधारण सभा (AGM) काठमाडौँमा सम्पन्न भएको छ। साधारणसभाले कम्पनीको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन र लेखापरीक्षित वित्तीय विवरण सर्वसम्मत रूपमा पारित गरेको छ।

विद्युत उत्पादन र बिक्रीआम्दानीको अवस्था

सभामा प्रस्तुत विवरणअनुसार कम्पनीले लमजुङ जिल्लामा अवस्थित ४ मेगावाट र २ मेगावाट क्षमताका छ्याङ्दी खोला साना जलविद्युत् आयोजनाबाट नियमित रूपमा विद्युत् उत्पादन गर्दै आएको र नेपाल विद्युत प्राधिकरणलाई आपूर्ति गरिरहेको जानकारी दिइयो। आर्थिक वर्ष २०८१/०८२ मा विद्युत् बिक्रीबाट आम्दानीमा वृद्धि भए तापनि विद्युत् खरिद दर न्यून रहेकाले नाफा अपेक्षाअनुसार नबढेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

लेखापरीक्षक नियुक्ति र अन्य निर्णयहरू

साधारणसभाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ। साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधनहरू गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय पनि पारित गरिएको छ।

लगानी विस्तार रणनीति

सभामा कम्पनीले आगामी दिनमा नयाँ जलविद्युत् आयोजनाहरूमा लगानी विस्तार गर्ने नीति लिएको जानकारी दिइयो। छ्याङ्दी हाइड्रोपावरले आफ्नो आयोजनाहरूलाई थप प्रभावकारी, दिगो र आर्थिक रूपमा सबल बनाउन निरन्तर योजना अगाडि बढाइरहेको बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्