images
images
images

भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

images

ढोरपाटन । मङ्गलबार रातिदेखिको वर्षासँगै भएको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।

बागलुङ र पूर्वी रुकुमको सिमाना पाती हाल्ने क्षेत्रमा भारी हिमपात हुँदा बाटोअवरुद्ध भएको हो । लोकमार्ग अवरुद्ध हुँदा सयौँ यात्री अलपत्र परेका छन् ।

लोकमार्ग अलपत्र हुँदा लामो तथा छोटो दूरीका सावारी साधान ठप्प भएको इलाका प्रहरी कार्यालयका प्रमुख तिलक मानन्धरले जानकारी दिनुभयो । निरन्तर हिमपात भइरहेकाले तत्काल सडक सञ्चालन हुने सम्भावना न्यून छ ।

काठमाडौँबाट रुकुम, जाजरकोट, डोल्पालगायत स्थानका निम्ति छुटेका सवारीसाधन निसीखोला गाउँपालिका–६ भल्कोट सिपमा रोकिएका प्रहरी निरीक्षक मानन्धरले जानकारी दिनुभयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्