पूर्वाधार वाच, काठमाडौं।
भोजपुर जिल्लामा १४.५ मेगावाट क्षमताको माथिल्लो इर्खुवा जलविद्युत आयोजना निर्माण गरिरहेको आरती पावर कम्पनी लिमिटेडको १०औँ वार्षिक साधारणसभा आज काठमाडौंको टोखा–८ स्थित पारिजात पार्टी प्यालेसमा सफलतापूर्वक सम्पन्न भएको छ। साधारणसभा कम्पनीका अध्यक्ष भरत बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न भएको हो।
महत्त्वपूर्ण प्रस्तावहरू सर्वसम्मतिले पारित
सभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरूमाथि छलफल गरी सर्वसम्मत रूपमा पारित गरेको छ। साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्दै दर्ता गरिएको मुख्य कार्यालयको ठेगाना परिवर्तन गर्ने प्रस्ताव पनि अनुमोदन गरिएको छ।
आईपीओ निष्कासन प्रक्रिया अगाडि बढ्दै
सभामा कम्पनीले सर्वसाधारणका लागि ३६ लाख कित्ता साधारण सेयर (IPO) निष्कासन गर्ने प्रक्रियालाई तीव्रता दिइएको जानकारी दिएको छ। यसअघि नै पारित भइसकेको उक्त प्रस्ताव हाल नेपाल धितोपत्र बोर्ड (सेबोन) को पाइपलाइनमा रहेको र आवश्यक प्रक्रिया अघि बढिरहेको जनाइएको छ।
लेखापरीक्षक नियुक्ति
आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभाले पारित गरेको छ।
आयोजना अन्तिम चरणमा
सभामा प्रस्तुत जानकारीअनुसार, भोजपुरको इर्खुवा खोलामा निर्माणाधीन १४.५ मेगावाटको माथिल्लो इर्खुवा जलविद्युत आयोजनाको भौतिक प्रगति अन्तिम चरणमा पुगेको छ। कम्पनीले निकट भविष्यमै आयोजना सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा विद्युत् जडान गर्ने लक्ष्य लिएको छ।
सेयरधनीप्रति प्रतिबद्धता
सभालाई सम्बोधन गर्दै अध्यक्ष भरत बहादुर खत्रीले आयोजना समयमै सम्पन्न गरी सेयरधनीहरूलाई उचित प्रतिफल प्रदान गर्न कम्पनी पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए। साधारणसभामा सञ्चालक समिति सदस्य, व्यवस्थापन टोली तथा संस्थापक सेयरधनीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्