images
images
images

राप्ती–लच्कासम्म बागमती प्रदेश सरकारले बाइपास सडक बनाउने

images

फाइल तस्बिर

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडाको राप्ती खोला पुलदेखि रातमाटेको लच्कासम्म बाइपास सडक बनाउन प्रदेश सरकारले योजना तयार गरिरहेको बताएका छन् ।

सडक विस्तारका क्रममा पीडित भएका घरधनी र बागमती प्रदेश सरकारबीच आज हेटौँडामा आयोजित अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री बानियाँले स्थानीयसँग समझदारी कायम गरी राप्ती पुलदेखि रातमाटेको लच्कासम्म बाइपास सडक बनाउनका लागि प्रदेश सरकारले आवश्यक बजेट छुट्याउने बताए ।

“राप्तीदेखि सिधैँ लच्कासम्म बाइपास सडक बनाउन प्राविधिक रूपमा कुनै समस्या छैन्”, उनले भने, “बाइपास सडक बनाउने बाटोमा एउटा टावर छ, तर त्यसले कुनै समस्या हुँदैन, यसको पनि समाधान हुन्छ ।” यसक्षेत्रका स्थानीयसँग समझदारीमा काम गरेर अगाडि बढ्ने योजनामा प्रदेश सरकार रहेको उनको भनाइ छ ।

निर्वाचनपछि बन्ने नयाँ सङ्घीय सरकारसँग बाइपास सडक बनाउने विषय छलफल गरेर प्रदेश सरकारले आवश्यक बजेट छुट्याउन पहल गर्ने मुख्यमन्त्री बानियाँले प्रतिबद्धता जनाए ।

वैकल्पिक व्यवस्था नगरी पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडाको राप्तीदेखि रातमाटेसम्म सडक विस्तारका लागि भौतिक संरचना भत्काउनु गलत भएको जिकिर गर्दै उनले मुख्य सडक दायाँबायाँ १६–१६ मिटर कायम गर्नुपर्ने सुझाव दिए ।

अन्तरक्रिया कार्यक्रममा बागमती प्रदेशसभा सदस्य लक्ष्मीदेवी श्रेष्ठ, सडक विस्तारका क्रममा पीडित भएका घरधनीलगायत स्थानीयको सहभागिता थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्