images
images
images

महिला सुरक्षा र अनुभव समेटिएको ‘सहयात्रा’ पुस्तक लोकार्पण

images

काठमाडौं । महिला सुरक्षा र सशक्तीकरणका विविध आयाम समेटिएको ‘सहयात्रा’ पुस्तक आज काठमाडौंको बानेश्वरमा भव्य रूपमा लोकार्पण गरिएको छ।

कार्यक्रमको आयोजना महिला सुरक्षा दबाव समूहले गरेको हो।

समुहका संस्थापक, सल्लाहकार तथा पुस्तकमा योगदान गरेका सम्पूर्ण लेखकहरूको संयुक्त उपस्थितिमा ‘सहयात्रा’ पुस्तकको लोकार्पण गरिएको थियो।

पुस्तकको समीक्षात्मक प्रस्तुति वरिष्ठ सञ्चारकर्मी अनिता विन्दु, समालोचक प्रतिसरा सायमी र वरिष्ठ कथाकार भागिरथा श्रेष्ठले गरेका थिए। उनीहरूले पुस्तकमा समेटिएका विचार, अनुभव र महिला सुरक्षासम्बन्धी विषयवस्तुले समाजमा सकारात्मक बहस सिर्जना गर्ने विश्वास व्यक्त गरे।

‘सहयात्रा’ पुस्तकमा महिला सुरक्षा दबाव समूहसँग आबद्ध ६० भन्दा बढी संस्थापक, पूर्व पदाधिकारी तथा सदस्यहरूको लेख समावेश गरिएको छ।

पुस्तकले महिला अधिकार, सुरक्षा र संघर्षका विविध पाटा उजागर गर्दै समाजमा चेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

संस्थाकी अध्यक्ष ईरादा गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव सीता ओझाले गरेकी थिइन्।

 

कार्यक्रममा संस्थापक, सल्लाहकार, कार्यसमिति सदस्य, सञ्जाल तथा समूहसँग आबद्ध सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्