images
images
images

धितोपत्र बोर्डको अध्यक्षमा ५ जनाको नाम सिफारिस

images

पूर्वाधार वाच, काठमाडौं ।

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा ५ जनाको नाम सिफारिसमा परेको छ। सिफारिस हुनेमा नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर कार्की, बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं, धितोपत्र बोर्डका निमित्त प्रमुख डा. नवराज अधिकारी, कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र सन्तोष प्रसाद श्रेष्ठ छन्।

सरकारले गठन गरेको सिफारिस समितिले आवेदन दिएका १९ जनामध्ये अन्तिम ५ जनाको नाम सिफारिस गरेको हो।

सरकारले गत माघ ४ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो ।

सिफारिस भएका ५ जनाले व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण गर्नुपर्नेछ। व्यावसायिक कार्ययोजना प्रस्तुतीकरणको मूल्यांकन, शैक्षिक योग्यता र अन्तर्वार्ताको मूल्यांकनका आधारमा तीन जनाको नाम छनोट भइ मन्त्रिपरिषदमा पेस हुनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्