क्रिस्मस् (आईल्याण्ड)। अस्ट्रेलियाको क्रिसमस टापुमा लाखौँ रातो गंगटो (रेड क्र्याब) आफ्नो वार्षिक प्रजनन यात्राका लागि जंगलबाट समुद्रतर्फ निस्किएका छन् । वर्षायामको पहिलो वर्षासँगै सुरु हुने यो प्राकृतिक दृश्यले टापुका सडक, जंगल र बस्तीका आसपासका क्षेत्र राताम्मे बनेका छन् ।
प्रजननका लागि समुद्रमा पुग्नुपर्ने भएकाले यी गंगटाहरू ठुलो समूहमा जंगलबाट बाहिर निस्केर समुद्री तटतर्फ अघि बढ्छन् । यस क्रममा सडक काट्दै यात्रा गर्ने गंगटाका कारण कतिपय सडकमा सवारी आवागमनसमेत प्रभावित हुने गरेको छ ।
हालै सार्वजनिक भएको दृश्यमा सयौँ रातो गंगटाहरू एकैसाथ सडक पार गर्दै समुद्रतर्फ अघि बढिरहेको देखिन्छ । उनीहरूको सामूहिक यात्राले क्रिसमस टापुलाई अनौठो प्राकृतिक दृश्यमा परिणत गरेको छ ।
यो यात्रा सुरु हुने समय निर्धारणमा वर्षायामको पहिलो वर्षाको महत्त्वपूर्ण भूमिका हुन्छ । त्यसै गरी चन्द्रमाको अवस्था र समुद्री ज्वारभाटाले पनि गंगटाहरूको समुद्रतर्फको यात्रालाई प्रभाव पार्ने गर्छ ।
समुद्रमा पुगेपछि पोथी गंगटाहरूले अण्डा छाड्छन् । त्यसपछि निस्कने साना लार्भाहरू समुद्रमा हुर्कने प्राकृतिक जीवनचक्रको हिस्सा बन्छन् ।
क्रिसमस टापु विश्वमै रातो गंगटाको वार्षिक सामूहिक बसाइँ सराइका लागि प्रसिद्ध छ । यो अस्ट्रेलियाको सबैभन्दा आकर्षक प्राकृतिक घटनामध्ये एक मानिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्