images
images
images
images

आइएमई पे सुपर वालेटमा ‘सुपर बेनीफिट’

images

पूर्वाधार वाच, काठमाडौं ।

आइएमई पे ले नयाँ वर्ष २०८१ का अवसरमा सुपर वालेट प्रयोगकर्ताहरूलाई दर्जन भन्दा बढी नयाँ सुविधाहरू दिने भएको छ ।

images

यस सुपर बेनीफिट प्याकेजमा आइएमई पे प्रयोगकर्ताहरूले वालेट ब्यालेन्समा बैंकहरुले दिने बराबरको ब्याज, बैंकमा पैसा ट्रान्सफर गर्दा निःशुल्क सेवा, हरेक कारोबारमा अधिकतम रिवार्ड पोइन्ट, स्वास्थ्य बिमा प्याकेजमा आकर्षक छुट, भर्चुअल भिसा कार्डबाट अनलाइन भुक्तानीमा गर्दा तुरुन्तै क्यास ब्याक पाउने छन् ।

यसै गरी, हवाई टिकट खरिदमा तथा घरायसी उपभोग्य सेवाहरूको भुक्तानीमा निरन्तर प्रोमो कोडहरु, केबलकारहरूको टिकट खरिदमा विशेष छुटका साथै वर्षै भरी ६ हजार रुपैंयाँ सम्मको क्यास ब्याक फाइदा पनि आइएमई पे प्रयोगकर्ताहरूले पाउने छन् ।

आइएमई डिजिटलका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले नयाँ वर्षको उपलक्ष्य पारेर सुरुवात गर्न लागिएको थप सुविधा सहितको यस प्रिमियम प्याकेजले आइएमई पेका प्रयोगकर्ताहरू लाइ सुपर वालेटमा आबद्ध रहेको महसुस गराउने बताएका छन् ।

नयाँ – नयाँ प्रविधि पछ्याउँदै र ग्राहकलाई सुविधाहरू थप्दै आइएमई पे फिनटेक क्षेत्रमा अब्बल साबित भएको पनि प्रमुख कार्यकारी रेग्मीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्