images
images
images

पूर्व गाउँपालिका उपाध्यक्ष गिरी पक्राउ

images

पूर्वाधार वाच, बिर्तामोड।

इलाका प्रहरी कार्यालय अनारमनीले हल्दिबारी गाउँपालिकाका पूर्व उपाध्यक्ष डम्बर गिरीलाई जातीय भेदभाव तथा अपमानसम्बन्धी कसुरमा नियन्त्रणमा लिएको छ ।

गिरीविरुद्ध पहिलेका उनकै सहकर्मी समेत रहेका जिविस झापाका पूर्व सभापति सोमनाथ पोर्तेलले जातिय भेदभावविरुद्ध जाहेरी दर्ता गराएका थिए।

जिल्ला समन्वय समिति झापाका पूर्व प्रमुख सोमनाथ पोर्तेलले गिरीविरुद्ध इप्रका बिर्तामोडमा चैत २८ गते जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा प्रहरीले गिरीलाई बिर्तामोडबाट नियन्त्रणमा लिएको झापा प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक कृष्णकुमार चन्दले जानकारी दिए।

जिल्ला अदालत झापाबाट गिरीविरुद्ध पक्राउ पूर्जी जारी भएपछि उनलाई शनिवार राती गिरीलाई बिर्तामोडबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता चन्दले जानकारी दिए ।

पूर्व उपाध्यक्ष गिरीले जिसस झापाका पूर्व प्रमुख पोर्तेललाई टेलिफोन संवादमार्फत जातीय तथा अन्य छुवाछूत र भेदभाव (कसुर र सजाय) ऐन २०६८ आकर्षण हुने गरी अभिव्यक्ति दिएका थिए । फोन मार्फत् पोर्तेललाई जातको आधारमा अपमान र विभेद गर्ने गरी गाली गरेका गिरीलाई कानुनी कारबाही गर्न झापाका दलित सङ्घ संगठनहरुले संयुक्त रुपमा अपील गरेका छन् ।

नेपाल दलित सङ्घका सभापति दल बहादुर विश्वकर्मा, मुक्ति समाज झापाका अध्यक्ष तिलक गजमेर, नेपाल दलित मुक्ति मोर्चाका अध्यक्ष सूर्यबहादुर विश्वकर्मा (सुरेश), कोशी प्रदेश सदस्य कुमार ठटाल, राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान सङ्गठन झापाका अध्यक्ष रमेश विश्वकर्मा, दलित जागरण अभियान केन्द्रका अध्यक्ष छविलाल विश्वकर्मा र ओरिफ नेपालको उपाध्यक्ष निरु परियारले संयुक्त विज्ञप्ति जारी गर्दै कारबाहीको माग गरेका हुन्।

पोर्तेल नेपाल उत्पीडित जातीय मुक्ति समाज केन्द्रीय सचिव तथा नेकपा (एमाले) कोशी प्रदेश कमिटी सदस्य रहेका छन् । गिरी पहिलेका एमाले कार्यकर्ता भए पनि हाल पार्टी परित्याग गरेर स्वतन्त्र रुपमा रहँदै आएका छन् । उनले गत संघिय निर्वाचनमा स्वतन्त्र रुपमा उम्मेद्वारी दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्