images
images
images

नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह

images

काठमाडौं । नबिल बैंक लिमिटेडले विभिन्न संस्थापक समूहको स्वामित्वमा रहेको ४४ हजार ३७ कित्ता संस्थापक सेयर बिक्रीका लागि सूचना प्रकाशित गरेको छ । बैंकका अनुसार हाल बिक्रीमा राखिएको उक्त सेयर खरिदका लागि पहिलो चरणमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा आवश्यक कागजातसहित खरिद आवेदन पेश गर्नुपर्नेछ ।

बैंकले तोकिएको समयभित्र संस्थापक सेयरधनीबाट कुनै पनि आवेदन प्राप्त नभएमा प्रचलित कानुन तथा बैंकको नियमावलीअनुसार उक्त सेयर अन्य व्यक्ति वा कम्पनीलाई बिक्री प्रक्रिया अघि बढाइने जनाएको छ ।

बैंकले इच्छुक संस्थापक सेयरधनीलाई निर्धारित समयभित्र आवेदन दिई अवसरको सदुपयोग गर्न आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्